नियम ८९
मिलापत्रको व्यवस्था
(१) दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस भएका मुद्दामा सुनुवाइ हुनुअगावै मिलापत्र गर्ने समय पाउँ भनी पक्षले संयुक्त निवेदन दिएमा वा मुद्दाको सुनुवाइ शुरू भई बहस, छलफल भइसकेपछि पनि मिलापत्र हुनसक्ने सम्भावना छ भन्ने मुद्दा हेर्ने न्यायाधीशलाई लागेमा मिलापत्र गर्न अर्को तारिख तोक्ने गरी आदेश गर्न सक्नेछ।

(२) मिलापत्र गर्न तोकिएको तारिखका दिन मुद्दाका पक्षहरू, कानून व्यवसायी भए कानून व्यवसायी र मुद्दाका पक्षहरूले आफूले पत्याएको व्यक्ति ल्याए निजलाई समेत

। राखी यथासम्भव मिलापत्र गर्न तारिख तोक्ने आदेश गर्ने न्यायाधीशले छलफल गराई दुवै पक्ष सहमत भए मिलापत्र गराई दिनुपर्छ। सहमत हुन नसके सोही ब्यहोराको आदेश गरी अर्को पेसी तोकी कानून बमोजिम फैसला गरिदिनु पर्छ।

(३) «मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ९१ वा ऐनको दफा ८ को उपदफा (१) बमोजिमको सार्वजनिक सरोकारसम्बन्धी विवादमा अदालतले अनुमति दिएमा मात्र मिलापत्र हुन सक्नेछ। यस्तो विवादमा निवेदकले तारिख गुजारेमा पनि अन्य सार्वजनिक हक, हित वा सरोकारवालाले उक्त मुद्दा सकार गर्न पाउनेछ ।